PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचौलिया डेढ लाख घुससहित पक्राउ



पहिलोपोस्ट

राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचौलिया डेढ लाख घुससहित पक्राउ

जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्।

जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी दिए।

ढकाललाई सेवाग्राहीबाट घुस लिई बिचौलिया नविन कर्णलाई राख्न दिएको र त्यो रकम होटलमा लिँदै गर्दा पक्राउ गरिएको ज्ञवाली बताए। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell