PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पीएसजीसँग पराजय ब्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो



पहिलोपोस्ट

पीएसजीसँग पराजय ब्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट स्पेनिस क्लब बार्सिलोना बाहिरिएको छ। गएराति सम्पन्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको खेलमा १-१ को बराबरी खेलेसँगै बार्सिलोना समग्रमा ५-२ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो। यसअघि पहिलो लेगको खेलमा पीएसजीले बार्सिलोनालाई घरेलुमैदानमै ४-१ गोलअन्तरले हराएको थियो।

गएराति सम्पन्न खेलमा किलियन एम्बाप्पेको गोलमा घरेलु टोली पीएसजीले अग्रता बनाएको थियो। खेलको ३० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। तर, त्यसको ७ मिनेट भित्रै लियोनल मेस्सी खेल बारबरीमा ल्याए। यद्यपि पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसरमा भने मेस्सी चुक्दा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा दुबै टीमले गोल गर्दा दोस्रो लेगको खेल बराबरीमा रोकियो। र, समग्रमा पहिलो लेगमा रवाफिलो जित निकालेको पीएसजीले ४-० ले बार्सिलोनालाई पछि पार्दै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell