PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



पहिलोपोस्ट

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मन क्लब आरबी लाइपजिलाई हराएसँगै लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। लेगको पहिलो खेलमा २-० गोलअन्तरले जित निकालेको लिभरपुलले गएराति सम्पन्न दोस्रो लेगमा पनि २-० कै जित निकाल्दै समग्रमा ४-० को जित निकालेर क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो।

हंगेरीको पुस्कास एरेना स्टेडियममा सम्पन्न गएरातिको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाए। उनले डिओगो जोटाको पासमा खेलको ७० औं मिनेट गोल गरेका थिए। त्यसको चार मिनेट भित्रै साडियो मानेले गोल थप्दा लिभरपुलले २-० को जित सुनिश्चित गर्‍यो। र, समग्रमा ४-० को जित निकाल्दै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell