PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

आपतकालीन पोषण कार्यक्रमबाट पर्सा–बाराका २१ हजार गर्भवती तथा बालबालिका लाभान्वित



राधेश्याम पटेल

आपतकालीन पोषण कार्यक्रमबाट पर्सा–बाराका २१ हजार गर्भवती तथा बालबालिका लाभान्वित

वीरगंज : कोरोना महामारीको समयमा बढेको कुपोषण न्युनिकरण गर्न र पोषणसम्बन्धी ज्ञान अभिवृद्धि गर्न आस्मान नेपालको सहजीकरणमा भएको आपतकालीन पोषण कार्यक्रमबाट पर्सा बाराका करिब २१ हजार महिला तथा बालबालिका लाभान्वित भएका छन्।

संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्तर्गत नेपाल सरकारले आयोजना गरेको कार्यक्रम आस्मान नेपालले पछिल्लो जनवरी १२ देखि मार्च १२ सम्म तीन महिनाको लागि सञ्चालन गरेको थियो।

जस अन्तर्गत पर्साको तीन वटा पालिका र बाराको तीन वटा पालिका गरी दुबै जिल्लामा ६ पालिकाका २१ हजार जना लाभान्वित भएको आस्मान नेपालका कार्यक्रम संयोजक ओमकुमार ठाकुरले जानकारी गराए। पर्सामा १३ हजार २ सय ६३ र बारामा ७ हजार ६ सय ७४ जना गरी २० हजार ९ सय ३७ जना लाभान्वित भएको उनले बताए।

पर्साको छिपहरमाई गापामा ९७२ गर्भवती महिला, १३० जना ६ महिनादेखि २३ महिना सम्मका बालबालिका गरी २२७७, कालिका माईमा ८९३ गर्भवती महिला ११ सय १ जना बालबालिका गरी कुल ९ हजार ९४ जना र पकहामैनपुरमा ८८० महिला र एक हजार १२ बालबालिका गरी १८ सय ९२ जना, बाराको बारागढी गापामा १०५९ महिला र १४३० बालबालिका गरी २ हजार ४ सय ८९ जना, विश्रामपुर गापामा ९६२ महिला र १२८९ बालबालिका गरी कुल २ हजार २ सय ४५, स्वर्ण गापामा १२६२ महिला र १६७८ बालबालिका गरी कुल २ हजार ९ सय ४० जना गरी दुबै जिल्लामा कुल २० हजार ९ सय ३७ जना लाभान्वित भएको आस्मान नेपालले जनाएको छ।

कोरोनाको समयमा विभिन्न कारणले पोषिलो खाना तथा परामर्श नपाएका गर्भवति तथा बालबालिकालाई प्रति व्यक्ति २ महिनाको लागि ६ किलो सर्वोत्तम पिठो सहयोग गर्नूको साथै पोषणयुक्ता खानेकुराबारे उचित परामर्श पनि दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell