PahiloPost

May 16, 2026 | २ जेठ २०८३

जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा ट्रकको ठक्करबाट कांग्रेस नेताको मृत्यु



पहिलोपोस्ट

जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा ट्रकको ठक्करबाट कांग्रेस नेताको मृत्यु

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना नेताको ट्रकको ठक्करबाट भएको निधनमा दु:ख व्यक्त गरेको छ।

कांग्रेस मुगुस्थित सोरु गाउँपालिका कार्यसमिति सभापति ३७ वर्षीय जयकर्ण मल्लको बुधवार राती ९ बजे बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो।

मल्लको निधनमा केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर दु:ख व्यक्त गरेका हुन्।

‘स्वर्गीय मल्ले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनबाट कांग्रेसले एक सक्रिय युवा नेतृत्वलाई गुमाएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले मल्लप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदनसमेत प्रकट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell