PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

महाशिवरात्रीले फर्कायो फिका रङमा चमक, कोरोना भुल्दै जम्यो पाशुपत क्षेत्र

महाशिवरात्रीले फर्कायो फिका रङमा चमक, कोरोना भुल्दै जम्यो पाशुपत क्षेत्र

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोभिड १९ को संक्रमणपछि पाशुपत क्षेत्रमा सबैभन्दा ठूलो भिड आज देखियो। कोरोना भाइरसको संक्रमणसँगै लामो समय मन्दिरको गेटमा ताल्चा झुन्डियो। नित्य पूजाबाहेक भक्तजनका लागि 'नो इन्ट्री' कायम रह्यो पशुपति मन्दिरमा। 

कोभिडको संक्रमणमा विस्तारै नियन्त्रण आउन थाल्यो। लकडाउनबाट सबै क्षेत्र विस्तारै खुल्दै गए। धेरै ढिलोगरी खुल्यो मन्दिर क्षेत्र। विशेषगरी पशुपतिनाथ मन्दिर खुलेमध्ये पनि धेरै पछिमात्र सर्वसाधारणका लागि खुला भयो। यही खुलाबिच आज शिवरात्री पर्व। 

अघिल्ला वर्षसँग तुलना गर्नसक्ने अवस्था रहेन पशुपतिको शिवरात्रीको। कोरोना भाइरसले भारतबाट आउने जोगी, सन्यासी, महन्थहरुलाई उतै रोक्यो। भारतमा फेरि संक्रमणले टाउको उठाउन थालेको छ। कतिपय स्थानमा फेरि लकडाउन सुरु भएको छ। 'पशुपतिको जात्रा सिद्राको व्यापार' भन्दै भारतबाट आउनेहरु पनि घटे यसैकारण।

तर, लामो समयपछि पशुपतिमा जति भिड देखियो, त्यसले पाशुपत क्षेत्रको रौनक फेरि फर्काएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोवार पनि देखियो। थोरै नै सही जोगी, सन्यासीहरु पनि देखिए। कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक चाहिँ बढेकै हो। अवस्था यसैगरी सामान्यतिर लाग्यो भने पक्कै पशुपतिमा अर्को वर्षको शिवरात्री पुरानै 'फर्म'मा देख्न सकिने छ। यी चाहिँ जे देखियो त्यहीमात्र : 


 



ट्रेन्डिङ पोस्ट

Ncell