PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

‘महामृत्युञ्जय मन्त्र’ मेरो लागि विशेष छ : मनिषा कोइराला



पहिलोपोस्ट

‘महामृत्युञ्जय मन्त्र’ मेरो लागि विशेष छ : मनिषा कोइराला

काठमाडौं : महाशिवरात्रीको अवसरमा नायिका मनिषा कोइरालाको 'महामृत्युञ्जय मन्त्र' सार्वजनिक भएको छ। पाटन म्युजियममा आयोजित एक कार्यक्रमका बीच  'महामृत्युञ्जय मन्त्र' सार्वजनिक गरिएको हो।

मन्त्रमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि स्वर रहेको छ। सुरेन्द्र श्रेष्ठले 'महामृत्युञ्जय मन्त्र'लाई संगीत दिएका छन्।

मन्त्र गाउँदाको क्षण निकै यादगर रहेको मनिषाले बताइन्। ३ वर्षअघि नै आफूलाई भजन गाउन मन भएको कुरा सुरेन्द्रलाई बताएको उनको भनाई छ।

मनिषाले आफूलाई क्यान्सर हुँदा महामृत्युञ्जय हवन गराएको समेत जानकारी दिइन्। भन्छिन्, 'घर छोडेर जाँदा खेरी मेरो महामृत्युञ्जयको हवन गरिएको थियो। मेरो आमाले त्यो हवन गरेको माला मेरो उपचार गर्ने डाक्टरको हातमा दिनुभएको थियो। जसकारण यो महामृत्यञ्जय मन्त्र मेरो लागि विशेष छ।'


यो मन्त्रको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell