PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

‘लप्पन छप्पन २’को ट्रेलर रिलिज, फिल्म छ भाषामा रिलिज हुँदै



पहिलोपोस्ट

‘लप्पन छप्पन २’को ट्रेलर रिलिज, फिल्म छ भाषामा रिलिज हुँदै

फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर रिलिज भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो।

मुकुन्द भट्टले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, एन्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।

फिल्म ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी छ भाषामा रिलिज हुने समेत बताइएको छ।

फिल्ममा प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बख्रेल र सन्तोष चन्द्र बख्रेलको लगानी रहेको छ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell