PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

केनको दोहोरो गोलमा टोटेनहमको जित



पहिलोपोस्ट

केनको दोहोरो गोलमा टोटेनहमको जित

युरोपा लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ अन्तर्गत टोटेनहम हट्सपर र डाइनामो जाग्रेब बीचको पहिलो लेगको खेलमा टोटेनहमले जित निकालेको छ। घरेलु टोली इङ्ग्लिस क्लब टोटेनहमले क्रोएसियन क्लबमाथि २-० को जित निकालेको हो।

घरेलु टोलीको जितमा ह्यारी केनले दोहोरो गोल गरे। खेलको २५ औं मिनेटमा टोटेनहमलाई अग्रता दिलाएका केनले ७० औं मिनेटमा दोस्रो गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे।

त्यस्तै गएराति नै सम्पन्न अन्यखेलहरुमा म्यानचेस्टर युनाइटेड र एसी मिलानले १-१ को बराबरी खेल्दा आर्सनलले ओलम्पियमकोसमाथि ३-१ गोलअन्तरले जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell