PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीबाट ६ लाख ठगी! प्रहरीमा भर्ना पास गराइदिने वाचा, अहिले प्रहरीकै फन्दामा



पूजा पन्थी

आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीबाट ६ लाख ठगी! प्रहरीमा भर्ना पास गराइदिने वाचा, अहिले प्रहरीकै फन्दामा

बुटवल : प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। प्रहरीले राप्ती सोनारी गाउँपालिका ६ बस्ने आशिष मल्ल ठकुरीलाई ठगी अभियोगमा पक्राउ गरेको हो।

आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिमबहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।

पीडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारीबाट ६ बाट पक्राउ गरी ल्याइएको एसपी रानाले भने।

एसपी रानाले ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमईमार्फत बुझेको बताए। पक्राउ परेका ठकुरीबाट पीडितको पैसासमेत असुलउपर गरी ठगी मुद्दा चलाइने एसपी रानाले बताए।

एसपी रानाले ठकुरीलाई ठगी मुद्दा चलाई एक वर्ष कैद सजायको माग राखिने बताएका छन्। पीडितले पटक पटक पैसा फिर्ता गर्न आग्रह गर्दासमेत ठकुरीले उल्टै धम्की दिने र पैसा फिर्ता नगरेपछि उजुरी दिएको एसपी रानाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell