PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

१७ दिनदेखि बेपत्ता साहिदको शव भुसको खरानीमा पुरिएको अवस्थामा बरामद



राधेश्याम पटेल

१७ दिनदेखि बेपत्ता साहिदको शव भुसको खरानीमा पुरिएको अवस्थामा बरामद

वीरगंज : बारा प्रहरीले एक जना बालकको शव फेला पारेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीस्थित म्यागनस फर्मास्यूटिकल्सको दक्षिण–पूर्वमा थुपारिएको छाई(धानको भुसको खरानी)मा पुरिएको अवस्थमा बालकको शव फेला परेको हो। 

सोही टोलका जाकिर हुसैन मिया मन्सुरीका १४ वर्षीय छोरा साहिद हुसैन मिया मन्सुरी विगत १७ दिनदेखि बेपत्ता थिए। उनको अपहरणपछि हत्या गरी फालिएको हुन सक्ने परिवारजनले आशंका गरेका छन्। बाराको परवानीपुरस्थित ज्ञान सागर बोर्डिङ स्कूलमा अध्ययनरत साहिदले रातो टिर्सट, ब्लु पैन्ट र रातो/पहेलो रंगको प्लास्टिकको चप्पल लगाएका थिए। उनको पहिचान उनको कपडाबाट भएको साहिदका काका ताहिर हुसैन मिया मन्सुरीले बताए।

बारा प्रहरीले आज बिहान साढे ८ बजे शव बरामद गरी शव सोही बालकको हो कि अरुको पोस्टमार्टम र डिएनए परिक्षणबाट यकिन गर्ने बताएको छ। गत फागुन ११ गते राति ११ बजे गाउँमा आएको जन्ती हेर्न जाँदा उनी सम्पर्कविहिन बनेका थिए। परिवारजनका अनुसार पारिवारिक रिसइबीको कारण बालकको हत्या गरेर गाडिएको हुन सक्ने अशंका गरेका छन्। परिवारजनले दोषी पत्ता लगाई आवश्यक कारबाहीको लागि माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell