काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दैछ। बैठकमा पूर्व पदाधिकारीहरु पनि हुनेछन्।
पछिल्लो राजनीतिक विकासक्रम र १४औं महाधिवेशनको विषयमा बैठक केन्द्रित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसले आजै जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ। सभापति देउवा निवासमा अपराह्न ४ बजे कांग्रेस र जसपा नेपालका शीर्ष नेताबिच समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए। ३ बजे पदाधिकारी बैठक सकिएपछि जसपासँग कांग्रेसको छलफल हुनेछ।
