PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

बादल सहित माओवादीका २३ जना नेता एमालेको केन्द्रीय सदस्य मनोनित



पहिलोपोस्ट

बादल सहित माओवादीका २३ जना नेता एमालेको केन्द्रीय सदस्य मनोनित

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादल सहित माओवादी केन्द्रका २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन्।

बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साहलगायत २३ जनालाई मनोनित गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकरी दिए।

एमालेको प्रवक्तको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिइएको छ। गृहमन्त्री थापालाई नेकपा एमालेको उपध्यक्ष बनाउने तयारी भएको भए पनि आज उपाध्यक्ष मनोनित नगरिकएको नेम्वाङले बताए।

'उहाँहरुलाई मनोनित गर्नैपर्ने भएकाले गरिएको हो,' नेम्वाङले भने।

माओवादी केन्द्रका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीलाई साथ दिने बताएपछि ओलीले केन्द्रीय कमिटीमा मनोनयन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell