PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

चीनको आर्थिक विकास: छिमेकी देशका लागि अवसर, विश्वका लागि उदाहरण



पहिलोपोस्ट

चीनको आर्थिक विकास: छिमेकी देशका लागि अवसर, विश्वका लागि उदाहरण
फोटो: सिन्ह्वा

काठमाडौं : चीन सरकारको विश्व प्रतिवेदनले चीन थप दीगो विकास तथा खुलापनका लागि अगाडि बढिरहेको देखाएको अन्तर्राष्ट्रिय विज्ञहरुले बताएका छन्।

गत शुक्रवार चीनको जनकंग्रेसको १३ औं सत्रको उद्घाटन कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली ख्छ्याङले वर्ष २०२० मा आफ्नो सरकार गरेका कामहरुको समिक्षा गर्दै २०३५ सम्मको ब्लुप्रिन्टका साथै लक्ष्यहरु प्रस्तुत गरे। सो सत्रमा चीनको १४ औं पञ्चवर्षीय योजना (२०२१-२५) समेत प्रस्तुत भएको थियो।

नोमुरा रिसर्च इन्स्टिच्युटका पूर्व वरिष्ठ अध्यता युताका मात्सुनोले जापानीहरुले विशेष गरी प्रतिवेदनका आर्थिक तथा सामाजिक विकासका लक्ष्यहरुलाई नजिकबाट नियालीरहेको बताए।

'स्थुल नीतिको परिप्रेक्षमा म के ठान्छु भने- सरकारले आफ्नो कार्य प्रगतीमा प्रस्तुत गरेका लक्ष्यहरु तार्किक र सम्भाव्य छन्,' उनले भनेका छन्।

त्यस्तै रियुकोकु विश्वविद्यालय क्योटो जापानका अर्थशास्त्रका प्राध्यापक युजु तानाकाले जीडीपी लक्ष्यले कोभिड-१९ पान्डेमिक रोकथाममा सफलता हात पारेपछिको आत्मविश्वासलाई प्रतिविम्वित गरेको बताए।

'यद्यपी कोभिड-१९ पान्डेमिकका कारण अनेक अनिश्चितताहरु देखिए पनि चिनियाँ अर्थतन्त्रले सहजै ती लक्ष्यहरु पूरा गर्ने छ,' उनले भनेका छन्। उज्वेकस्तानको पत्रकारिता तथा आम सञ्चार विश्वविद्यालयका प्राध्यापक तुर्सुनाली कुजियेयले 'चिनियाँ इन्जिन'ले विश्व अर्थतन्त्रलाई बढवा दिँदै जाने विश्वास ब्यक्त गरे।

चिनियाँ आर्थिक विकास तथा व्यापार साझेदारीले छिमेकी देशहरुमा पनि सकरात्मक प्रभाव पर्ने बताइएको छ। यसको प्रत्यक्ष सकरात्मक प्रभाव नेपालमा पनि पर्ने चीनका लागि नेपाली पूर्व राजदूत लीलामणि पौडेलले बताएका छन्।

चीनले आफ्नो १४ औं पञ्चवर्षीय योजना र मार्गदर्शन-२०३५ ले लक्ष्य हासिल गर्नका लागि उच्च गुणस्तरीय विकासको अवधारणालाई अगाडि सारेको छ। चिनियाँ सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई विश्वव्यापी व्यापार साझेदारीको अरुपमा खुला व्यापार तथा बजार पहुँचको सिद्धान्तमा अगाडि बढाएको छ। चीनले जलवायु परिवर्तनका क्षेत्रमा पनि काम गर्ने उल्लेख छ। पञ्चवर्षीय योजनामा कार्वन तटस्थतालाई प्राथमिकतामा पार्दै आफ्नो जलवायु सम्बन्धी दीर्घकालीन लक्ष्यतर्फको नक्सा कोर्दै गरेको छ।

पेरिस सम्झौतामा चिनियाँ प्रतिवद्धताले नेपाल जस्ता देशहरुमा पनि सकरात्मक सहयोग पुग्ने बताइएको छ।

चीनको निरन्तर वृद्धि र महामारीलाई प्रभावकारी नियन्त्रण, सकरात्मक आर्थिकका साथै महामारीका बीचमै गरिबी निवारणको लक्ष्य प्राप्ती गर्न सफल हुनुलाई विश्वकै लागि उदाहरणको रुपमा लिन सकिने पूर्व राजदूत पौडेलले बताएको चाइना डेलीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell