काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा डाक्टर कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन्। चुडाल उच्च अदालत पाटनमा न्याय सम्पादन गर्दै आएका छन् भने सुवेदी उच्च अदालत सुर्खेतमा।
न्याय परिषदको आज बसेको बैठकले चुडाल र सुवेदीलाई सर्वोच्चका लागि नियुक्ति सिफारिस गरेको हो।
त्यसैगरी बैठकले पाटन उच्च अदालतका न्यायाधीश नारायणप्रसाद पौडेललाई नायव महान्यायाधिवक्ता र उच्च अदालत पोखराका न्यायाधीश ऋषि राजभण्डारीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवमा सिफारिस गरेको छ।
त्यसैगरी १६ जिल्ला न्यायाधीशहरु उच्च अदालतका न्यायधीशमा बढुवा भएका छन्।
सिफारिसको सूची हेर्नुस्