PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मेयर्स कपको ट्रफी सार्वजनिक, भोलि फाइनलमा एपीएफ र पुलिस भिड्दै



पहिलोपोस्ट

मेयर्स कपको ट्रफी सार्वजनिक, भोलि फाइनलमा एपीएफ र पुलिस भिड्दै

काठमाडौं: काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आज ट्रफी सार्वजनिक गरिएको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदान परिसरमा फाइनलमा पुगेका दुबै टोली शसस्त्र प्रहरीको एपीएफका कप्तान शरद भेषावकर र नेपाल पुलिसका कप्तान मञ्जित श्रेष्ठले ट्रफी सार्वजनिक गरे।

शनिवार हुने फाइनल खेलमा एपीएफ र पुलिस भिड्ने छन्। पाँच टोली सहभागी भएको खेलमा दुबै टोलीले ४/४ खेल खेलेर समान ३/३ वटामा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश टिम र अर्को टोली काठमाडौं महानगरपालिकाको समावेश थियो। फाइनल खेल शनिवार बिहान पौने ९ बजे कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न हुनेछ। 

पुलिसका कप्तान मञ्जित श्रेष्ठले एपीएफ बलियो टोली भएको भन्दै स्वभाविक खेल खेलेर उपाधि जित्ने लक्ष्य रहेको बताए। त्यस्तै एपीएफका कप्तान शरद भेषवाकरले आफ्नो टिम लयमा रहेकाले आफूहरु उपाधिको हकदार भएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell