PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

बलात्कार मुद्दामा 'महिलाले शरीर समर्पण' गरेको व्याख्या गर्दै 'सिद्धबाबा'लाई उन्मुक्ति दिने न्यायाधीश बढुवामा, कार्कीको फरक मत



पहिलोपोस्ट

बलात्कार मुद्दामा 'महिलाले शरीर समर्पण' गरेको व्याख्या गर्दै 'सिद्धबाबा'लाई उन्मुक्ति दिने न्यायाधीश बढुवामा, कार्कीको फरक मत

काठमाडौं : उच्च अदालतको न्यायाधीशमा बढुवा सिफारिस गरेका जिल्ला न्यायाधीश अर्जुन कोइरालाको हकमा न्याय परिषद सदस्य दीपक कार्कीले फरक मत राखेका छन्।

सुनसरी जिल्ला अदालतका न्यायाधीश कोइरालाले बहुचर्चित बलात्कार सम्बन्धि मुद्दामा दिएको फैसला विवादित बन्न पुगेको सन्दर्भ जोड्दै असहमति जाहेर गरेका हुन्। 

आज बसेको न्याय परिषदको बैठकले सुनसरी जिल्ला अदालतका न्यायाधीश कोइरालालाई उच्च अदालत जनकपुर वीरगंज इजलासका लागि बढुवा सिफारिस गरेको हो।

न्यायाधीश कोइरालाले बलात्कारको मुद्दामा 'महिलाले नै शरीर समर्पण गरेको अनौठो व्याख्या गर्दै सिद्धबाबा भनिने गिरीलाई निर्दोष ठहर्‍याएका थिए। एकतर्फ बहसकै आधारमा न्यायाधीश कोइरालाले यस्तो फैसला दिएपछि यो मुद्दा चर्चित बन्न पुगेको थियो।

बाबाका रुपमा चर्चित कृष्णबहादुर गिरीको राजनीतिक पहुँच बलियो मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell