PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जसपा र सरकारी वार्ता टोलीबिच छलफल जारी



पहिलोपोस्ट

जसपा र सरकारी वार्ता टोलीबिच छलफल जारी

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) को वार्ता टोली र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबिच अनौपचरिक वार्ता बालुवाटारमा सुरु भएको छ।

अनौपचारिक छलफललाई निरन्तरता दिने भन्दै बिहीवार छलफल सकिएको थियो। सरकारी वार्ता टोली र जसपाबिच छलफल सुरु भएको वार्ता टोलीको सदस्य सुवास नेम्वाङले जानकारी दिए।

सर्वोच्च अदालतले नेकपाको नाम बदर गर्दै दुवै दल फरकफरक हुने फैसला गरेपछि एमाले सत्ता सहयात्रीको खोजीमा छ।

एमालेले पछिल्ला दिनमा जसपासँगको वार्तालाई अघि बढाएको भए पनि जसपाले अहिलेसम्म सरकारमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन।

लाल आयोगको प्रतिवेदन फिर्ता, रेशम चौधरिको रिहाइ लगाएतका माग राखेर जसपा सरकारसँग वार्ता गर्न तयार भएको थियो। आजको वार्ता निर्णायक हुन सक्ने वार्ता टोलीका सदस्यहरुको भनाई छ। जसपाले सत्ता सहकार्यबारे सबै दलसँग खुला छलफल गर्ने रणनीति अघि सारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell