PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओलीको अप्रत्यासित निर्णयपछि माधव नेपाल समूहले डाक्यो आजैका लागि स्थायी कमिटी



पहिलोपोस्ट

ओलीको अप्रत्यासित निर्णयपछि माधव नेपाल समूहले डाक्यो आजैका लागि स्थायी कमिटी

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आपतकालीन बैठक डाकेको छ। बानेश्वरस्थित अर्याल होटलमा नेपाल तथा झलनाथ खनाल समूहका सबै स्थायी कमिटी सदस्यहरुलाई बैठकमा उपस्थित हुन भनिएको छ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटरमा अप्रत्यासित केन्द्रीय कमिटी बैठक मार्फत् माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायतका नेताको पद खोसेपछि त्यसबारेमा छलफलका लागि एमालेको नेपाल खनाल समूह जुट्ने भएको हो।

'सबै स्थायी कमिटी सदस्यलाई उपस्थितिका लागि भनिएको छ,' बैठकबारे नेता रघुजी पन्तले पहिलोपोस्टसँग भने, 'ओलीले गरेका निर्णयबारे छलफल र बैठकले उनीमाथि एक्सन लिनेछ।'

आज ओलीले माधवकुमार नेपाल पक्षधर सबै नेताको पदीय जिम्मेवारी खोसुवा गरेका छन्। ती स्थानमा आफू निकट नेताहरुलाई जिम्मेवारी सुम्पेका छन्। माओवादी त्यागेर ओलीलाई साथ दिने माओ‌वादी नेताहरुलाई पनि ‌ओलीले केन्द्रीय सदस्य बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell