PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘किताबले भन्दा धेरै जीवनले बोल्छ’: सेतो धर्तीको नयाँ संस्करण विमोचन, अंग्रेजीमा पनि आउँदै



पहिलोपोस्ट

‘किताबले भन्दा धेरै जीवनले बोल्छ’: सेतो धर्तीको नयाँ संस्करण विमोचन, अंग्रेजीमा पनि आउँदै

२०६७ साल, कोजाग्रत पूर्णिमाको दिन आख्यान ‘पानीको घाम’लाई पद्मश्री पुरस्कार पाएको दिन। त्यस दिन लेखक अमर न्यौपानेको मनमा अजिव प्रश्नले डेरा जमायो। ‘बालबालिकाको भविष्य हुन्छ। युवाको वर्तमान हुन्छ। तर, वृद्धवृद्धाको के हुन्छ?’ यस प्रश्नले उनलाई डोहोर्‍यायो वृद्ध आश्रमदेखि विविध धाम।

त्यसपछि अमरले कहिले पशुपतिको वृद्ध आश्रममा रात काटे त कहिले देवघाटसम्म पुगे, बुढाबुढीको अनुभव सुन्न। उनीहरूको अनुभूति बाँच्न थाले।

‘ती आश्रमहरू घुम्ने क्रममा सुनिएका कथा, भेटिका पात्रहरूले लेख्न प्रेरित गरे’, अमर न्यौपानेले ‘सेतो धर्ती’को रचना गर्भबारे सुनाए।

भेटिएका वृद्धवृद्धाले बोलेका सरल तथा गम्भीर वाक्यहरूले रहेछ न्यौपानेलाई उपन्यास लेख्न घच्घचाएको। भने,’किताबले भन्दा धेरै जीवनले बोल्छ। धेरैको जीवनको यस्तै घटनाहरू मेरो किताब लेखनको प्रेरणा हुन्।‘

‘सेतो धर्ती’ले २०६८ मा मदन पुरस्कार पायो। प्रकाशनको १० वर्ष पूरा हुँदा उपन्यासको नयाँ संस्करण सार्वजनिक भएको छ। ‘फाइनप्रिन्ट फिभर’मा पुस्तक नयाँ आवरणसहित सार्वजनिक भएको हो। आवरण चित्र चिराग वाङ्देलले बनाएका हुन्। लेखक न्यौपानेका बुवा एकनाथ न्यौपाने र आमा हरिमाया न्यौपानेको हातबाट नयाँ संस्करण अनावरण गरिएको हो।

लेखकले आफ्नो हरेक कृतिमा आमाको भावना र बुवाको विचार गाँसिएको बताए। भने,’मैले सधैं आमाको आशिर्वाद र बुवाको विचार सधैं मस्तिष्कमा राखेर लेख्छु।‘ लेखकका अन्य कृति ‘पानीको घाम’, ‘करोडौं कस्तुरी’, ‘गुलाबी उमेर’ प्रकाशित छन्।

शुक्रवार नवलपुरस्थित ‘उन्नति सांस्कृतिक ग्राम’को उद्घाटनसँगै आयोजित घुम्ती साहित्यिक महोत्सवमा पुस्तकको अंग्रेजी संस्करण समेत घोषणा भयो। पुस्तकको अनुवाद लेखक निरन्जन कुँवरले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell