विराटनगर : प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम भएकी छिन्। सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा गरिएको उक्त प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम भएकी हुन्।
त्यस्तै, संखुवासभाकी सविना धिताल दोस्रो र झापाकी अम्विका भट्टराई तेस्रो भएका छन् भने मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङेलले सान्त्वना पुरस्कार भएका छन्।
लेखन प्रतियोगितामा प्रथम पुरस्कार नगद १५ हजार, दोस्रो १० हजार र तेस्रो ६ हजार र सान्त्वनाका लागि ३/३ हजारसहित प्रमाणपत्र वितरण गरिएको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद शाखाका अधिकृत कोमलबहादुर खड्काले जानकारी दिए।
खड्काका अनुसार प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने राष्ट्रिय स्तरको प्रतियोगिताका लागि पनि छनौट भएका छन्। प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गरेका छन्।
शुक्रवार विराटनगरमा उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीबीच ‘समृद्ध राष्ट्र निर्माणका लागि युवाको विचारहरु’ विषयक प्रदेशस्तरीय लेखन प्रतियोगिता भएको हो।
