PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आर्मीद्वारा जावलाखेल टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित



निशा गुरुङ

आर्मीद्वारा जावलाखेल टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित

हेटौँडा : हेटौँडामा जारी शहीद स्मृति फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। हेटौँडा-१० स्थित बन विज्ञान संस्थानको खेल मैदानमा जारी खेलमा दोस्रो दिन त्रिभुवन आर्मी क्लबले जावलाखेल क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरेको हो।

​निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा आर्मीका गोलरक्षक विवश चौधरीले लगातार दुई बल रोकिदिँदा आर्मी ४-२ गोलअन्तरले विजयी भएको हो।

जितसँगै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको छ। शुक्रवारको खेलमा म्यान अफ द म्याच आर्मीका गोलरक्षक चौधरी भए। उनले दश हजार पुरस्कार प्राप्त गरे।

भोलि शनिवार नेपाल पुलिस क्लब र संकटा क्लबबीच खेल हुने आयोजकले जानकारी दिएको छ।

​प्रतियोगिताका सर्वात्कृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक पुरस्कार पाउनेछन्। हेटौँडा स्कुल अफ म्यानेजमेन्टले उक्त पुरस्कार सौजन्य गर्ने भएको हो।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार पुरस्कार व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघ अध्यक्षका टीका लामाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell