PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

भाषिक दमनविरुद्ध मार्चपास :  के मेरो भाषा 'भाषाजस्तो' सुनिदैन ?

भाषिक दमनविरुद्ध मार्चपास : के मेरो भाषा 'भाषाजस्तो' सुनिदैन ?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बालाजुमा भएको 'भाषिक दमन' को विरोधमा आज ललितपुरमा 'मातृभाषा मार्च' निकालिएको छ।

बालाजु बाइपासका सडक विस्तार पीडितलाई प्रहरी वृत्त बालाजुमा पक्राउ गरि लगिएपछि उनीहरुलाई भेट्ने क्रममा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष समुन सायमि लगायतलाई प्रहरीले पक्राउ गरेको थियो। पछि सर्वोच्चले सडक विस्तर पीडित सँगै अभियन्ताहरुलाई बन्दीप्रत्यक्षीकरणमा रिहा गरेको थियो।

मातृभाषा बोलेकै आधारमा प्रहरीले पक्राउ गरेपछि देशभरका नेवार समुदायले विरोध जनाउँदै आएका छन्। सरकारले भाषिक दमन सुरु गरेको भन्दै बृहत नागरिक समाज, नेवा देय् दबू लगायत भाषिक संघसंगठनहरुले ललितपुर महानगरपालिकादेखि मंगलबजारसम्म र्‍याली निकालेका हुन्।

उनीहरुले र्‍यालीका क्रममा नेपालमा बोलिने सबै मातृभाषालाई सरकारी कामकाजको भाषासरहको मान्यता दिन माग गरेका थिए।  



ट्रेन्डिङ पोस्ट

Ncell