PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बस दुर्घटनामा तीन जनाको मृत्यु



पहिलोपोस्ट

बस दुर्घटनामा तीन जनाको मृत्यु

हेटौंडा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।   

शनिवार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा बसका चालक सहित ३ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको ।  

मृत्यु हुनेमा बस चालक वीरगन्ज-१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५-४० बर्षीय अभयलाल कुश्वाह र भारत विहारका ४० वर्षीय  सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बस चालक थापाको र सुनिल कुमारको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। उक्त दुर्घटनामा बस र ट्रकका गरी १० जना घाइते भएको र उनीहरुको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell