काठमाडौं: काठमाडौं मेयर्स कप फाइनलमा आज शसस्त्र प्रहरीको एपीएफले टस जितेर ब्याटिङ रोजेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेपाल पुलिसविरुद्धको खेलमा टस जितेर एपीएफले ब्याटिङ रोजेको हो।
पाँच टोली सहभागी भएको खेलमा दुबै टोलीले ४/४ खेल खेलेर समान ३/३ वटामा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश टिम र अर्को टोली काठमाडौं महानगरपालिकाको समावेश थियो।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै म्यान अफ दि सिरिज ५० हजार, बेस्ट बलर र बेस्ट ब्याट्स्मेनलाई समान २५÷२५ हजार र हरेक पटकको म्यान अफ दि म्याच बनेका खेलाडीले पाँच हजार रुपैयाँ पाउनेछन्।
प्लेइङ सेट
पुलिस टीम
मञ्जित श्रेष्ठ (कप्तान), सुनिल धमला, कुशल भुर्तेल, ललितनारायण राजबंशी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, पवन सर्राफ, दीलिप नाथ, अनिल कुमार साह, योगेन्द्रसिंह कार्की, गुल्सन झा
एपीएफ टीम
शरद भेषवाकर(कप्तान), बसन्त रेग्मी, शंकर राना, सुन्दिप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, किशोर महतो, भुवन कार्की, मोहम्मद आशिफ शेख, अमरसिंह रौटेला, अभिनास बोहोरा
