PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओलीविरुद्ध कांग्रेस, माओवादी र जसपा गठबन्धनको अन्तिम कसरत : तीन दलीय वार्तापछि प्रधानमन्त्रीबारे निर्णय



प्रकाश भण्डारी

ओलीविरुद्ध कांग्रेस, माओवादी र जसपा गठबन्धनको अन्तिम कसरत : तीन दलीय वार्तापछि प्रधानमन्त्रीबारे निर्णय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार निर्माणका लागि गठबन्धन बनाउने प्रयास सकारात्मक दिशा तर्फ उन्मुख भएको नेताहरुले बताएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच हुने संयुक्त बैठकले गठबन्धन बारे निर्णय गर्ने सहमति भएको बताइएको छ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिवार भएको जसपा र माओवादी केन्द्रको छलफलले तीन दलबीच छलफल गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन्।

अब जसपा र माओवादी केन्द्र, माओवादी केन्द्र र नेपाली कांग्रेस तथा कांग्रेस, माओवादी र जसपाबीच संयुक्त वार्ता हुने भएको छ।

'फेरी अर्कोपटक जसपा र माओवादी केन्द्र त्यस्तै माओवादी केन्द्र र नेपाली कांग्रेस तथा हामी तीन दलबीच वार्ता गर्ने सहमति भएको छ,' श्रेष्ठले भने।

आज जसपासँगको वार्ता ओली नेतृत्वको सरकारलाई विदाइ गर्नेबारेमा केन्द्रीत भएको उनको भनाई छ। तर, वार्ता निष्कर्षमा पुगि भने नसकेको श्रेष्ठले बताए।

'हामीले वर्तमान सरकारलाई हटाएर नयाँ सरकारकै लागि छलफल गरेका हौं। अहिले नै निष्कर्षमा पुगिसकेको छैन्। वार्ता सबै पार्टा पक्षमा गम्भीर रुपमा सकारात्मक भएको छ,' उनले भने।

जसपाले भने नयाँ गठबन्धनका लागि आफूहरुबीच निर्णयका नभएको जनाएको छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले माओवादी र कांग्रेस नै नयाँ गठबन्धनका लागि निर्णायक भएको बताए।

'उहाँहरुले जे गर्नुहुन्छ त्यही हुन्छ। तीन दलीय गठबन्धनमा हामी कहाँबाट छौं ? यो निर्णायक होइन। आन्दोलनमा त थियौं तर परिणाम त हाम्रो पक्षमा छैन,' उनले भने।

सरकार र सरकार बाहिर रहेका दलसँग समानान्तर संवाद गरिरहेको जसपाले सरकारसँगको वार्ता पनि टुंगोमा नपुगेको जनाएको छ। विभिन्न चरणमा वार्ता भएर प्रधानमन्त्री ओलीले माग सम्बोधन गर्ने आश्वासन दिए पनि अझै विश्वासको वातावरण बनि नसकेको जसपाका नेताको भनाई छ।

ठाकुरले आफूहरुको मागलाई कुनै पनि सरकारले प्राथमिकतामा नराखेको गुनासो गर्दै भने,'सरकारसँग वार्ता भइरहेको छ। कुनै टुंगोमा पुगेको छैन्। हामीलाई कुनै दलीय गठबन्धनमा सुरक्षा छैन्,' उनले भने।

नयाँ प्रधानमन्त्री को?

नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलका अनुसार गठबन्धन बनाउने विषय सहमति उन्मुख भए पनि दलहरुबीच कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे भने अझै टुंगो लागेको छैन। यद्यपि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस सहमत भएको उनको भनाइ छ।

'नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने भन्नेमा अझै स्थिति परिपक्व भइसकेको छैन। तर देउवा प्रधानमन्त्री बनाउनका लागि भइरहेका प्रयास सकारात्मक छन् भने कांग्रेस पनि यसमा सकारात्मक नै देखिन्छन,' उनले भने।

तर नेपाली कांग्रेसको नेतृत्वको सकारलाई समर्थन गर्ने विषयमा भने जसपा निष्कर्षमा पुगि नसेकेको पोखरेलले बताए। 'जसपाले सरकारसँग र हामीसँग समानान्तर संवाद गरिरहेको छ। पहिला जसपाको कित्ता क्लियर गर्नुपर्छ। त्यसपछि नयाँ परिस्थितिमा गठबन्धन बन्न सक्छ,' उनले भने।

नेकपा एमाले भित्र भइरहेको विवादले समेत नयाँ परिस्थिति उत्पन्न हुनसक्ने पोखरेलको दाबी छ।

'नेकपा एमाले भित्रै पनि विवादको अवस्था छ। त्यसले कुन स्थिति ल्याउने हो यसै भन्न सकिने अवस्था छैन्,' उनले भने।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएपछि ओलीले संसद विघटन गरेपछि नयाँ प्रधानमन्त्रीबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चर्चामा रहेका थिए। तर, एमाले र माओवादीलाई अदालतको फैसलालले आ-आफ्नो बाटो लाग्न निर्देशन दिएपछि भने संसदमा फेरिएको अंकगणित संगै जसपा नेतृत्वको सरकारबारे बनाउनेबारेमा पनि  छलफल भइरहेको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर हाल प्रधानमन्त्रीको उम्मेद्वार हुनसक्ने जसपाका नेताहरुको भनाइ छ। यद्यपी त्यसका लागि भने गठबन्धन सकारात्मक नभएको नेताहरुको दाबी छ। तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जसपाले सघाए माओवादी केन्द्र प्रधानमन्त्रीको रुपमा अघि सार्न इच्छुक देखिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell