PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

लिटल फ्लावर प्रिमियर लिगको उपाधि काठमाडौंको हिमालयन ह्वाइट हाउसलाई



एम बम

लिटल फ्लावर प्रिमियर लिगको उपाधि काठमाडौंको हिमालयन ह्वाइट हाउसलाई

कैलाली : पाँचौ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउस काठमाडौंले जितेको छ। फाइनलमा साविक विजेता धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले पराजित गर्दै ह्वाइट हाउस च्याम्पियन बनेको हो।

धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो। उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए।

लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए।

१ सय ६८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको घरेलु टोली लिटल फ्लावरले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो। लिटल फ्लावरका लागि निशान्त बुढाऐरले १७ र पुष्करराज बडुले अविजित रहदै १४ रन बनाए।

ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरुप श्रेष्ठले २ विकेट लिए। म्यान अफ द फाइनल ह्वाइट हाउसका गजेन्द्र बोहरा चुनिए।

उपाधिसँगै ह्वाइट हाउसले नगद १ लाख २० हजारसहित ट्रफी प्राप्त गरेको छ भने लिटल फ्लावरले ६० हजारमा चित्त बुझाएको छ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ह्वाइट हाउसका गजेन्द्र बोहरा भए। उनले नगद १० हजार पाए।

यस्तै शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, ह्वाइट हाउसका सन्दिपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदयमान खेलाडी भए। उनीहरुले ५/५ हजार प्राप्त गरे।

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सको आयोजनामा १५ फागुनदेखि शुरु भएको प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहेको थियो। अर्को वर्ष अझै परस्कृत रुपमा प्रतियोगिता आयोजना हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell