PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वाटरफाईनलमा 



निशा गुरुङ

नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वाटरफाईनलमा 

हेटौँडा : नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वाटर फाईनलमा प्रवेश गरेको छ।

जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीवारबाट हेटौँडा–१० स्थित बन विज्ञान खेल मैदानमा सुरु भएको शनिवारको खेलको ३१ औं मिनेटमा एकियो कालेले गोल गरेका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका नितीन थापा म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

विभिन्न प्रायोजकको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० स्थानीय निकायले सहयोग गरेका छन्। सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गरेको छ। हेटौँडामा फुटबललाई साथ र सहयोग गर्दै आएका सुशील घिमिरेलाई सम्मान गरिएको थियो।

प्रतियोगिता कोरोना भाइरस संक्रमण कारण स्थगित भएको थियो। जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो। पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो। प्रतियोगिता फाइनल चैत ७ गते शनिवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell