PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साल सम्मानित



पहिलोपोस्ट

‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साल सम्मानित

हेटौंडा : ‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साललाई सम्मान गरिएको छ। २०५९ देखि महालक्ष्मी विकास बैंक र साहित्य समाजले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार-२०७७ बाट पत्रकार समेत रहेका महाकाव्यकार  लम्साललाई प्रदान गरिएको हो।

पाटन उच्च अदालत हेटौँडा इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले ५१ हजार रुपैयाँ राशीको पुरस्कार लम्साललाई प्रदान गरेका हुन्।

धादिङमा जन्मिएका लम्साल लामो समयदेखि काठमाडौं रहेर साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्। रेडियो नेपालका समाचार प्रमुखसमेत रहेका लम्सालका कर्ण र धरा दुई वटा महाकाब्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल जस्ता कविता संग्रह, धुनभित्र धुनबाहिर गीति संग्रह प्रकाशित छन्।

यसैगरी कार्यक्रमको अवसरमा मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट मकवानपुरे कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान-२०७७ बाट इतिहासकार केदारप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ। सोही अवसरमा कवि दिनेश शर्माद्वारा लिखित कबिता संग्रह  ‘एउटा मृत्यु यो पनि’को विमोचन समेत गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell