PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ज्याकेटमा साढे १९ लाख लुकाएर साइकलमा वीरगंज आएका एक भारतीय पक्राउ



पहिलोपोस्ट

ज्याकेटमा साढे १९ लाख लुकाएर साइकलमा वीरगंज आएका एक भारतीय पक्राउ

वीरगंज : सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक जना भारतीयलाई वीरगंजबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार पूर्बी चम्पारण जिल्ला रक्सौल नगरपालिका वडा नम्बर २१ बस्ने वर्ष ३६ का राजेशकुमार साह रहेका छन्। उनलाई वीरगंज भन्सार परिसरमै रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजको टोलीले शनिवार बिहान ९ बजे चेकजाँचको क्रममा पक्राउ गरेको हो।

धेरै दिनदेखि साइकलमा ओहोरदोहोर गर्ने साहमाथि सशस्त्रले पछिल्लो समय निगरानी बढाएको थियो। ज्याकेट भित्र नगद लुकाएर आईरहेको अवस्थामा उनको खानतलासी गर्दा स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० रुपैयाँ बरामद भएपछि उनलाई नेपाल प्रहरीको वडा प्रहरी कार्यालय विर्ता पठाइएको छ।

आइतवार बरामद रकम वीरगंज भन्सारलाई बुझाउने र आवश्यक कारबाही अघि बढाइने सशस्त्र प्रहरी पर्साका एक अधिकृतले बताए। पछिल्लो समय हुन्डीको कारोबार बढेपछि पर्सा र बाराबाट दिनहुँ लाखौं रुपैयाँबरामद भइरहेका छन् भने वित्तिय कारोबार तथा ओसारपसारमा संलग्नहरु भटाभट पक्राउ पर्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell