PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बराबरीमा रोकिए चेल्सी र लिड्स



पहिलोपोस्ट

बराबरीमा रोकिए चेल्सी र लिड्स

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी र लिड्स युनाइटेड बराबरीमा रोकिएका छन्। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली लिड्सँग गोल रहित बराबरीमा रोकिएको हो।

बराबरीसँगै चेल्सी अंकतालिकाको चौथो स्थानमा कायम छ। २९ खेल खेलेको चेल्सीले ५१ अंक जोडेको छ भने ३६ अंक जोडेको लिड्स तालिकाको १२ औं स्थानमा छ।

त्यस्तै आजै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्टब्रुममाथि संघर्षपूर्ण जित निकाल्यो। प्यालेसका लुका मिलिभोजेविचले ३७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गर्दा घरेलु टोलिको जितमा उक्त गोल निर्णायक सावित भयो।

जितसँगै २९ खेलबाट ३७ अंक जोडेको क्रिस्टल प्यालेस अंकतालिकाको ११ औं स्थानमा उक्लिएको छ। त्यस्तै १८ अंक जोडेको वेस्टब्रुम रेलिगेसन जोनमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell