PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बेञ्जेमाको दोहोरो गोलमा रियल मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

बेञ्जेमाको दोहोरो गोलमा रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत आज राति सम्पन्न खेलमा रियल मड्रिडले एल्चेमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा रियल मड्रिडले २-१ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

रियलको जितमा करिम बेञ्जेमाले दोहोरो गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एल्चेका डानी काल्भोले गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेलको ६१ औं मिनेटमा टोलीलाई अग्रता दिलाए पनि ७३ औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै अतिरिक्त समयमा पनि उनले गोल थप्दा मड्रिडले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै २७ खेलबाट ५७ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा छ। अंकतालिकाको शीर्षस्थानमा २६ खेलबाट ६२ अंक जोडेको एट्लेटिको मड्रिड छ। त्यस्तै २६ खेलबाट ५६ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ। पराजयसँगै एल्चे भने २४ अंक जोडेर तालिकाको १७ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell