PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सानदार जितपछि शीर्षस्थानमा सिटीको १७ अंकको अग्रता



पहिलोपोस्ट

सानदार जितपछि शीर्षस्थानमा सिटीको १७ अंकको अग्रता

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि सानदार जित निकालेको छ। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलहममाथि ३-० को सहज जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकव खेलममा सिटीले खेलको ४७ औं मिनेटमा जोन स्टोन्सको गोलमा अग्रता बनाएको थियो। त्यस्तै त्यस्तै गाब्रियल जिससले ५६ औं मिनेट र सर्जियो अग्युरोले ६० औं मिनेटमा गोल गरे। अग्युरोले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। र, सिटीले सानदार जित निकाल्न सफल भयो।

गएराति नै सम्पन्न अर्को खेलमा एभर्टन बर्नलीसँग २-१ गोलअन्तरले पराजित भएको थियो।

जितसँगै ३० खेलबाट ७१ अंक जोडेको सिटीले शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २८ खेलबाट ५४ अंक जोडेको छ। त्यस्तै पराजयसँगै २६ अंक जोडेको फुलहम रेलिगेसन जोनमा छ भने एभर्टन र बर्नली क्रमश छैठौं र १५ औं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell