PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

मुलुकमा राजनीतिक फुटबल खेल शुरु भयो, हामी शक्तिशाली खेलाडी हौं, अन्तिममा जित्छौं: शिक्षामन्त्री श्रेष्ठ



रासस

मुलुकमा राजनीतिक फुटबल खेल शुरु भयो, हामी शक्तिशाली खेलाडी हौं, अन्तिममा जित्छौं: शिक्षामन्त्री श्रेष्ठ

बनेपा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताए।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गरे। यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्दै उनले अबको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताए।

उनले हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्नुहुँदै अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। अब ट्रायल दिइसकेपछि शुल्कको व्यवस्था गरेर सुलभ र सहज ढङ्गले अनुमतिपत्र दिने काममा सरकारले तदारुकता देखाउने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell