PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सिरहाको मालपोत कार्यालयमा कसले गरायो विस्फोट? मोठ शाखामै पड्कियो प्रेसरकुकर बम



पहिलोपोस्ट

सिरहाको मालपोत कार्यालयमा कसले गरायो विस्फोट? मोठ शाखामै पड्कियो प्रेसरकुकर बम

जनकपुरधाम : सिरहास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ। सेवाग्राहीको चाप रहेको समयमा मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राहीसमेत गरी सात जना घाइते भएका छन्।

आइतवार दिउँसो करिब १२ बजेर ४० मिनेटमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। सेवाग्राहीको अवस्था गम्भीर रहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिएका छन्। घटनास्थलबाट प्रहरीले गोइत समूहको पर्चासमेत फेला पारेको डीआइजी सिंहले बताए।

'घटनास्थलबाट गोइत समूहको पर्चा भेटिएको छ। थप अनुसन्धान भइरहेको छ,' सिंहले भने। प्रहरीको प्रारम्भीक अनुसन्धानमा प्रेसरकुकुर बम विस्फोट गराएको खुलेको छ। प्रहरीले कार्यालयमा रहेको सीसी क्यामरा फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ।

विस्फोट लाहन नगरपालिकामा रहेको मालपोतको मोठ शाखामा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell