PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै, के विषयमा हुँदै छलफल?



पहिलोपोस्ट

बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै, के विषयमा हुँदै छलफल?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठक बस्दैछ। मन्त्रिपरिषदको नियमित बैठक सोमवार र मंगलवार बस्ने तय भएको भए पनि आज आइतवार नै बस्न लागेको हो।  

अहिले केही बेरमा बैठक सुरु हुने उर्जा, जलश्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए। उनले मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको दाबी गरे। 'मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। नियमित एजेण्डामाथि छलफल हुन्छ,' उनले भने।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले बैठक बस्न लागेको भए पनि आफूलाई बैठकका एजेण्डाबारे थाहा नभएको बताइन। भनिन्, 'मन्त्रिपरिषदको बैठक त बस्न लागेको हो। तर, ऐजेण्डा के हो? थाहा भएन।'

सत्तारुढ दल नेकपा एमालेमा विवाद चर्किएका बेला मन्त्रिपरिषको बैठक बस्न लागेको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले शुक्रवार माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल सहितका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका थिए। यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरुलाई जिम्मेवारी मुक्त गरेपछि एमालेमा ओली र नेपाल-खनाल समूहले समानान्तर गतिविधि गरिरहेका छन्।

राजनीतिक रुपमा प्रधानमन्त्री केपी शर्माका निर्णयहरु अप्रत्यासित रुपमा आउनेक्रम बढेकाले पनि मन्त्रिपरिषद बैठकमाथि सबैको चासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell