PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

देशमा जबजब संकट आउँछ, कांग्रेसले नै निकास दिन्छ : देउवा



राधेश्याम पटेल

देशमा जबजब संकट आउँछ, कांग्रेसले नै निकास दिन्छ : देउवा

वीरगंज : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको जटिल परिस्थितिमा पनि काँग्रेसले नै निकास दिने बताएका छन्।

नेपाली काँग्रेसको खेलकुद विभागले बारामा आयोजना गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति नेपाल–भारत अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्‍घाटन गर्दै उनले यस्तो बताएका हुन्।

बाराको पचरौता नागरपालिकाको वडा नं ५ बेलदारीमा आइतवारदेखि दुई दिनसम्म चल्ने कुस्ती प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले भने, ‘जबजब देशमा संकट आएको छ, त्यति बेला काँग्रेस नै जनताको पार्टी बनेर संकटबाट निकास दिएको छ। यसपालीको जटिल परिपरिस्थितिमा पनि काँग्रेसले निकास दिनेछ।’

उनले संसद पुर्नस्थापनाको निर्णय गरेर सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको भन्दै अगामी सरकारको नेतृत्वको विषयमा पनि विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र सहमति जुटयो भने संकटको बेल पार्टीले देशलाई निकास दिने बताए। 

निजी सेवाको हेलिकोप्टरबाट दिउँसो साढे १२ बजे बेलदारी पुगेका सभापति देउवा अपरान्ह ४ बजे एतिहासिक धार्मिक स्थल महागढीमाईको दर्शन पनि हेलिकोप्टर लिएरै गर्न पुगेका थिए। मन्दिर परिसरमा उनलाई ५१ किलोको मालासहित स्वागत गरिएको थियो। दर्शनपछि उनी पुनः काठमाडौं फर्किएका छन्। 

कुस्ती प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली काँग्रेस खेलकुद विभाग संयोजक तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत,केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। प्रतियोगितामा नेपाल र भारतका दर्जनौ पहलमानले सहभागिता जनाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell