PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

माधव नेपाल समूहले काठमाडौंमा भेला डाकेकै मितिमा एमालेको कर्णाली प्रदेश संसदीय दलले बोलायो बैठक



पी बी खड्का

माधव नेपाल समूहले काठमाडौंमा भेला डाकेकै मितिमा एमालेको कर्णाली प्रदेश संसदीय दलले बोलायो बैठक

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश संसदीय दलको बैठक डाकेको छ । केपी शर्मा ओली पक्षले बैठक डाकेको हो। कर्णाली प्रदेशको इन्चार्ज समेत रहेका नेता यामलाल कँडेलले संसदीय दलको बैठक चैत ४ गतेका लागि डाकेका हुन्। 

प्रदेशसभामा बहुमत सदस्य संख्या रहेको एमाले दुई खेमा विभाजित बनेको छ। नेता माधव नेपाल खेमाले चैत ४ र ५ गते ओलीविरुद्ध रणनीति बनाउन आवश्यक छलफलका लागि काठमाडौंमा कार्यकर्ता भेला राखेको छ। नेता नेपाल पक्षधर भने दलको बैठकमा उपस्थित हुने सम्भावना न्युन छ। 

सर्वोच्च अदालतको फैसलापछि एमालेभित्र सांसद तानातानको खेल सुरु भएको छ। त्यसको असर यहाँ पनि देखिन्छ।  माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई हटाएर एमालेको नेतृत्वमा सरकार बनाउने आन्तरिक गृहकार्यमा जुटेका छन् ओली पक्षधर सांसदहरु। 

नेता कँडेलकै अगुवाइमा गत असोजमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउने कसरत गरेका थिए।  

मुख्यमन्त्री शाही सहितका अन्य नेताहरु अहिले काठमाडौं हानिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell