PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

मंगलवार बिहान बालुवाटारमा ओलीको चियापान कार्यक्रम, नेपाल र खनाललाई पनि निमन्त्रणा



पहिलोपोस्ट

मंगलवार बिहान बालुवाटारमा ओलीको चियापान कार्यक्रम, नेपाल र खनाललाई पनि निमन्त्रणा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार चियापान कार्यक्रमको आयोजना गरेका छन्। मंगलवार बिहान ११ वजे बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए।

चियापानमा पार्टीका केन्द्रीय कमिटी सदस्य सबै जनालाई बोलाइएको छ जसमा माधव नेपाल र झलनाथ खनाललाई पनि बोलाइएको नेम्वाङले बताए।

चैत ૪ र ५ गते नेपाल-खनाल समूहको कार्यकर्ता भेला छ। त्यसको अघिल्लो दिन ओलीले चियापान गरेका हुन्। एमालेका सबै नेताको मोबाइलमा एसएमएस मार्फत निम्तो पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell