PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

कीर्तिमानी आरोही शेर्पालाई जिल्लामा स्वागत तथा सम्मान



रासस

कीर्तिमानी आरोही शेर्पालाई जिल्लामा स्वागत तथा सम्मान
फोटो : रासस।

ताप्लेजुङ : कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ। विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो।

रेडियोले सदरमुकाम फुङ्लिङमा कार्यक्रमको आयोजना गरी शेर्पालाई स्वागत गरेको हो। शेर्पा गत फागुन १८ गते मेरिङ्देन गाउँपालिकामा पर्ने दोभान बजारमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत दिन गृह जिल्ला ताप्लेजुङ आएका थिए। उनले नेपाल पर्यटनका दृष्टिले सम्भावना बोकेको मुलुक हुँदाहुँदै पनि अपेक्षा गरेअनुसार पर्यटन क्षेत्रले फड्को मार्न नसकेको बताए।

धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले धनी मानिएको नेपाल अन्य मुलुकको तुलनामा पर्यटन प्रवर्द्धनका हिसाबले धेरैपछि परेको बताउँदै उनले पर्यटन क्षेत्रलाई सबैले मिलेर व्यवस्थित गर्न आवश्यक भएकोमा जोड दिए।

शेर्पा संसारका आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा आरोही हुन्। छोटो अवधि अर्थात् ६१ दिनमा नै सगरमाथा तथा माउण्ट केटु हिमाल आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पा ताप्लेजुङको लेलेपमा जन्मिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell