PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सशस्त्रको एपीएफ वाग्मतीसँग २-१ गोल अन्तरले पराजित



निशा गुरुङ

सशस्त्रको एपीएफ वाग्मतीसँग २-१ गोल अन्तरले पराजित

हेटौंडा : हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ पराजित भएको छ। आइतवार भएको रोमाञ्चक खेलमा वाग्मती युव क्लब सर्लाहीसँग २-१ गोल अन्तरले पराजित भएको हो।

पराजित भएसँगै एपीएफ प्रतियोगिताबाटै बाहिरीएको छ। वाग्मतीको जितका लागि बिक्रम धिमाल र सागर शाहीले एक एक गोल गरे भने एपीएफको तर्फबाट रवि थिङले पेनाल्टीको सदुपयोग गर्दै एक गोल फर्काए। वाग्मतीको डिबक्समा हयान्ड भएपछि एपीएफले पेनाल्टी पाएको थियो।

सेमिफाइनल प्रवेशका लागि वाग्मती युवा क्लब सर्लाहीले विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनसँग मंगलवार प्रतिस्पर्धा गर्ने छ। आइतवारको खेलमा वाग्मतीका लागि पहिलो गोल गर्ने बिक्रम धिमाल म्यान अफ द म्याच भए। उनलाई आइतवारको औपचारिक कार्यक्रमका प्रमुख अतिथि पुरन बहादुर जोशीले १० हजार पुरस्कार प्रदान गरे।

मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिता अन्तर्गत सोमवार संकटा क्लब र मच्छिन्द्र क्बलबीच खेल हुने आयोजकले जनाएको छ। चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell