PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

फोहोरमा सुन खोज्ने परदेशीहरु ...

फोहोरमा सुन खोज्ने परदेशीहरु ...

रोजन श्रेष्ठ/पहिलोपोस्ट


सूर्यास्त हुँदै थियो। चितवनको नारायणी पुलमा मानिसहरु घुम्न आउने क्रम बढ्दै थियो। केही युवाहरु डुंगा चढेर नदी सयर गर्दै थिए। कोही सूर्यास्त हेर्दै। त्यही नै बेला तीनजना युवाहरु हातमा झोला र 'तगारी' बोकेर नदी किनारमा आइपुगे।

झोलाभरी फोहोर थियो। किनारमा पुगेर सबै फोहोर भुइँमा खन्याए। र तगारीमा हाले। विस्तारै पानी हाल्दै फोहोर पखाल्न थाले।

बुझ्दै जाँदा यी केटाहरु फोहोरमा सुन खोजिरहेका रहेछन्। भारतबाट नेपाल आएका गोपाल, मुकेश र सुनिलको काम दिनभर बजारमा रहेका सुन पसल बाहिर फालिने फोहोर जम्मा गर्ने। साँझ नदी किनार वा पायक पर्ने स्थानमा पुगेर सुन खोज्ने।

भारतको मध्यप्रदेशबाट नेपाल आएका यिनीहरु घरमा समेत यही काम गर्ने गरेको बताउँछन्। केहीदिन सुनजम्मा गरेर फेरि पसलमा नै लागेर बेच्ने रहेछन्। यसरी नै फोहोरमा सुन खोज्दा महिनामा करिब २० हजारसम्म उठ्ने उनीहरु दाबी गर्छन्।

कही समयअघि काठमाडौंमा समेत फोहोरमा सुन खोज्ने काम गर्ने गरेको उनीहरु सुनाउँछन्। विशालबजारमा रहेका सुनचाँदी पसल बाहिर राखिने फोहोर जम्मा गर्ने गरेको गोपालले भने। काठमाडौंपछि उनीहरु विभिन्न शहर हुँदै चितवन पुगे। अहिले होटलमा बसिरहेको बताउँने उनीहरु दिनमा ४-५ लाल सुन भेटाउने बताउँछन्। साथै चाँदी र पितल पनि भेटिन्छ।

'धेरै वर्ष भयो यो काम गरिरहेको। सुन र पितल यसै छुटाउन सकिन्छ' गोपालले भने।

नदी किनारमा मानिसहरुको भिड बढ्न थालेसँगै तीनै जना दाजुभाइ हतारिँदै गन्तव्य तिर लागे।



ट्रेन्डिङ पोस्ट

Ncell