PahiloPost

May 15, 2026 | १ जेठ २०८३

माओवादी केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा : नयाँ सरकार गठनबारे छलफल हुँदै



पहिलोपोस्ट

माओवादी केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा : नयाँ सरकार गठनबारे छलफल हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

आजको बैठकमा नेताहरुले आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। नयाँ सरकार गठनबारे पनि बैठकमा छलफल भइरहेको बैठकमा सहभागी नेताहरुले बताएका छन्। आइतवार सुरु भएको बैठकमा पार्टीको सांगठनिक अबस्थाका बारेमा नेताहरुले ब्रिफिङ गरेका थिए।

यस्तै, माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फर्कन बैठकले निर्देशन दिएको थियो। पार्टीमा फर्किन निर्देशन दिए पनि शनिवारको स्थायी कमिटी बैठकले सरकारमा सहभागी तथा एमालेमा प्रवेश गरेको बारे २४ घण्टे स्पष्टिकरण सोधेको थियो। माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell