PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मंगलवार बस्ने संसद बैठकको कार्यसूची बनाउन कार्यव्यवस्था समितिको बैठक बस्दै



पहिलोपोस्ट

मंगलवार बस्ने संसद बैठकको कार्यसूची बनाउन कार्यव्यवस्था समितिको बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै छ। संघीय संसदको सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सोमवार २ बजेका लागि बैठक बोलाएका हुन्।

प्रतिनिधिसभाको मंगलवार बस्ने बैठकको कार्यसूची तय गर्न बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतको नेपाल कम्युनिस्ट पार्टी नेकपाको अस्तित्व नभएको भन्ने आदेशपछि एमाले र माओवादी अलग अलग भएर नयाँ सरकार बनाउनका लागि गठबन्धनको प्रयास भइरहेको छ। गठबन्धन बनिनसकेको भन्दै माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन।

यद्यपि, शनिवारको माओवादीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ। अब बस्ने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रबिचको संयुक्त बैठक नयाँ सरकार गठनका लागि महत्वपूर्ण हुने बताइएको छ। ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भए पनि हालसम्म संसदमा अविश्वासको प्रस्ताव अघि बढिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell