PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

बास्केटबल क्याम्पले खेलाडी उत्साहीत, प्रशिक्षकलाई पनि प्रशिक्षण



पूजा पन्थी

बास्केटबल क्याम्पले खेलाडी उत्साहीत, प्रशिक्षकलाई पनि प्रशिक्षण

बुटवल: बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी यतीबेला बुटवलमा सञ्चालन भएको क्याम्पमा खेलाडीलाई प्रशिक्षण दिन व्यस्थ छन्। नकर्मीलाई अन्य प्रशिक्षकहरुले साथ दिइरहेका छन्। राष्ट्रिय प्रशिक्षकहरुबाट यसरी नयाँ तरिका र शैलीहरु सिक्न पाउँदा खेलाडी उत्साहित देखिन्छन्।

बास्केटबल खेलाडीको स्तर बृद्धिका लागि रुपन्देही बास्केटबल संघको आयोजनामा प्रशिक्षण चलेको हो।

क्याम्पमा नयाँ टेक्निकहरु सिक्न पाउँदा खेलाडीहरु उत्साहित देखिन्छन्। खेल प्रशिक्षण सँगसँगै कोच क्लिनिक पनि सञ्चालन भएको छ। सिकेका तरिकाहरुले आफ्नो खेलमा सुधार आउने उनीहरुको दाबी छ।

नयाँ शैलीसँगै क्याम्पमा बास्केटबल खेल्दा अपनाउनु पर्ने एकाग्रता, आत्मविश्वास जस्ता मनोविज्ञानका पक्षहरु, रणनीतिक पक्ष र शारीरिक तन्दुरुस्तीका बारेमा पनि सिकाइएको छ।

पछिल्लो समय बास्केटबलमा युवा पिँढीको आकर्षण बढ्दो छ। त्यहीँ अनुपातमा खेलाडी बढी रहेका पनि छन्। तर खेलको प्रशिक्षण दिने प्रशिक्षकको अभाव छ। त्यसैले पनि यहाँ उत्कृष्ट कोचहरु उत्पादन गर्न कोच क्लिनिक पनि सञ्चालन गरिएको संघले जनाएको छ।

नेपाली खेलाडीले बास्केटबलका बिभिन्न बिधामा अन्तराष्ट्रिय पदकहरु नजितेका होइनन्। तर खेलकुद परिषदले बास्केटबललाई वेवास्था गरेको खेलाडीहरुको गुनासो छ। पर्याप्त राष्ट्रिय प्रतियोगिताहरु नहुँदा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन र आवश्यकता अनुसार खेल सुधार गर्न सकेका छैनन्।

क्याम्पमा लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका ५६ जना खेलाडी र प्रशिक्षकले अभ्यास गरिरहेका छन्। बिहान र साँझ दुई सिफ्टमा हुने प्रशिक्षणमा बेसिक र एड्भान्सका कोर्सहरु सिकाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell