PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

म्यानमारको सैनिक शासन विरुद्ध दूतावास अगाडि प्रदर्शन

म्यानमारको सैनिक शासन विरुद्ध दूतावास अगाडि प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : म्यानमारमा भएको सैनिक 'कु'को विरोधमा प्रदर्शन भएको छ। नेपालस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको हो।
मानव अधिकार तथा शान्ति समाजले त्यहाँ भइरहेको आन्दोलनमाथि दमन र हत्या विरुद्ध प्रदर्शन गरेको हो। 

सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, राजनीतिक बन्दी रिहा गर, लोकतन्त्र स्थापना गर लगायतका नारा लेखिएका प्ले कार्ड सहित दूतावास अगाडि धर्ना दिइएको थियो।

निर्वाचित सरकार बन्नु अघि नै सेनाले सत्ता कब्जामा लिँदै आङ सान सुकी लगायतका नेतालाई नियन्त्रणमा लिएपछि म्यानमारमा यतिखेर लोकतान्त्रिक आन्दोलन चर्किएको छ। सेनाले बल प्रयोग गर्दा धेरै आन्दोलनकारीले त्यहाँ ज्यान गुमाइसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell