PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

बुटवलको समताभोजको सन्देश : हट्दैछ छुवाछुत 



पूजा पन्थी

बुटवलको समताभोजको सन्देश : हट्दैछ छुवाछुत 

बुटवल : मानवअधिकार तथा शान्ति समाजको समन्वयमा  बुटवलमा समता भोजको आयोजना गरिएको छ। समता भोज कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावारण मन्त्री लीला गिरीले जातीय भेदभाव, छुवाछुत सामाजिक कुरिती भएको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए।

उनले २१ औं शताब्दीमा छुवाछुतका कुराहरु एका देशका कथा जस्तै हुनुपर्ने भन्दै सबैको साझा प्रयासबाट जातीय छुवाछुत, भेदभावको अन्त्य हुने बताए।

समता भोज नागरिक अनलाइन डटकम, दैनिक पत्र, बुद्ध टेलिभिजन, रेडियो मलमला, तिलोत्तमा दैनिक, जागरण मिडिया सेन्टर, बुटवल एफएम, सिद्धार्थ डेरी र सरस्वती पुस्तक पसलको सहकार्यमा भएको हो।

कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले संविधानमा नेपाल छुवाछुत मुक्त देश भएको भन्दै विभेद अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताए।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले समाजमा सबै जातजाति एक भएको भन्दै कोही तल र माथि नहुने बताए।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईँ, एसपी प्रविण पोखरेल, डीएसपी प्रतीत सिंह राठौर, समाजका केन्द्रीय सचिव मीना ढकाल, कांग्रेस नेता हरिबहादुर आचार्य, माओवादी केन्द्रका रामप्रसाद बन्जाडे, शान्ति समाज रुपन्देहीका सभापति धनपति खनाल, पूर्व सभापति लालहरि पाण्डे लगायतले भनाइ राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell