PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धुम्बाराहीबाट बाहिरिएपछि माधव नेपाल समूहको भेला अर्याल होटलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ र रणनीति बनाउने तयारी



प्रकाश भण्डारी

धुम्बाराहीबाट बाहिरिएपछि माधव नेपाल समूहको भेला अर्याल होटलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ र रणनीति बनाउने तयारी
धुम्बाराहीबाट बाहिरिँदै गरेका माधवकुमार नेपाल।

काठमाडौं : पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिमा पुग्न नसकेको नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहको अर्याल होटल वानेश्वरमा बैठक सुरु भएको छ।

आज धुम्बाराहीमा बैठक सुरुवात सकारात्मक हिसाबले भए पनि अन्तिममा तिक्ततासहित नेताहरु बाहिरिएका थिए। पार्टी अध्यक्ष ओलीसँग भएको छलफल र अडानबारे वानेश्वर बैठकमा ब्रिफिङ सुरु भएको हो। साथै यो बैठकले आगामी दिनमा एमालेभित्र कसरी संघर्ष गर्ने भन्ने रणनीति पनि तयार गर्ने बताइएको छ।

नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ समूहका सांसद, केन्द्रीय सदस्य तथा काठमाडौंमा उपब्ध भएका नेताहरु बैठकमा सहभागी भएका छन्। उनीहरुलाई फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको ओलीपक्षीय केन्द्रीय सदस्यको मिटिङले गरेका निर्णयविरुद्ध अडान राखेको ब्रिफिङ गरिरहेका छन्। 

फागुन २८ गते प्रधानमन्त्री ओलीले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायतका नेताको जिम्मेवारी खोसुवा गरेर अन्यलाई नियुक्ति दिएका थिए। साथै, नेकपा माओवादीका नेताहरुलाई केन्द्रीय सदस्य बनाएका थिए। त्यसको विरुद्धमा नेपाल समूहले पार्टी अध्यक्ष ओलीविरुद्ध अभियान नै छेडेको छ।

आजको धुम्बाराही बैठकमा नेपाल समूहले उक्त निर्णय फिर्ता लिन भनेपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले ठाडै इन्कार गरेका थिए। त्यसैगरी ओलीले समानान्तर भेला नगर्न भने पनि नेपाल पक्षले त्यसलाई अस्वीकार गरेका छन्। त्यसपछि आज वार्ता कुनै निचोडमा पुग्न सकेन।

ओलीले नेपाल समूहलाई समानान्तर गुट नचलाउन चेतावनी नै दिएका थिए। त्यसलाई अस्वीकार गर्दै बाहिरिएका नेपाल समूहले तत्कालै बैठक डाकेको थियो। यो समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला नै आयोजना गर्दैछ। साथै, हिजोमात्र निर्वाचन आयोग पुगेर ओलीले गरेको २८ गतेको निर्णय नमान्न निवेदन दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell