PahiloPost

May 15, 2026 | १ जेठ २०८३

एनएसएल : धनगढीको मार्की खेलाडी विशाल राई, भन्छन्: प्रतियोगिता जित्ने लक्ष्य छ



पहिलोपोस्ट

एनएसएल : धनगढीको मार्की खेलाडी विशाल राई, भन्छन्: प्रतियोगिता जित्ने लक्ष्य छ

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी टोली धनगढी एफसीले मार्की खेलाडी घोषणा गरेको छ। आज कार्यक्रम गर्दै मार्की खेलाडीका रुपमा विशाल राईलाई छनोट गरेको हो।

धनगढी फुटबलका अध्यक्ष सुवासबहादुर शाहीले आफूहरुको लक्ष्य प्रतियोगिता जित्ने भएकाले त्यही अनुरुपको तयारी गरिरहेको बताए। त्यस्तै विदेशी खेलाडी भित्र्याउन दक्षिण एसिया र त्यो भन्दा बाहिर पनि तयारी चलिरहेको बताए।

त्यस्तै विशाल राईले टिम राम्रो हुने देखेर आफू धनगढीमा जान तयार भएको बताए। राष्ट्रिय टिमका नियमित खेलाडी रहेका राईले मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेलिसकेका छन्।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा ७ फ्रेन्चाइज टिमको सहभागिता रहने छ। लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी टिम रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell