PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

उपभोक्ता दिवसमा वीरगंजमा प्रभातफेरी, प्रजिअले भने, ‘उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नहोस्’



राधेश्याम पटेल

उपभोक्ता दिवसमा वीरगंजमा प्रभातफेरी, प्रजिअले भने, ‘उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नहोस्’

वीरगंज : ‘प्लास्टिक प्रयोगमा निरूत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ सोमवार वीरगंजमा अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्सा वीरगंज र उपभोक्ता हकहित संरक्षण मञ्च पर्साको आयोजनामा घण्टाघरमा प्रभातफेरी र कोणसभा गरिएको थियो।

घण्टाघरबाट निकालिएको प्रभातफेरि नगर परिक्रमा गरी घण्टाघरमा समापन भएको थियो। समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले उत्पादन गर्ने व्यक्ति पनि उपभोक्ता भएकोले उपभोग्य वस्तुको उत्पादन आफू अनुकूल गर्नुपर्ने सुझाव दिए। उनले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गरे। सरकारले लागू गरेको उपभोक्ता सम्बन्धी कानुन, नीति नियम पालना भए नभएको विषयमा निरन्तर नियमनकारी अनुगमन हुँदै आएको र अझै त्यसमा प्रभावकारिता देखाउनुपर्ने आवश्यकता रहेको बताए।

उपभोक्ता हकहित संरक्षण मञ्च प्रदेश २ का अध्यक्ष केसी लामिछानेले वीरगंज महानगर उपभोक्ता मैत्री नभएको आरोप लगाए। उनले सङ्घ सरकारले उपभोक्ता सम्बन्धी कानुन ल्याए पनि प्रदेश सरकार र स्थानीय तहले अहिलेसम्म कानुन ल्याउन, कार्यविधि र निर्देशिकासमेत तयार नगरेको बताए। उनले उपभोक्ता हकहितका लागि सरोकारवालाहरूको चासो फितलो देखिएको र यसमा तदारूकता देखाउनुपर्ने आवश्यकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell